दफा ५७
मिटर जडान गर्नु पर्ने
(१) सेवाप्रदायकले महसुल लिने प्रयोजनको लागि उपभोक्ताले उपयोग गर्ने खानेपानीको परिमाण मापन गर्न प्रत्येक उपभोक्ताको धारामा सिल लगाई मिटर जडान गरिदिनु पर्नेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विपद्को अवस्थामा सेवाप्रदायकले मिटर जडान नगरे पनि उपभोक्तालाई सेवा/उपलव्ध गराउन सक्नेछ ।

(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मिटर जडान नभएको उपभोक्ताको हकमा सेवाप्रदायकले त्यस्तो उपभोक्ताको धारामा मिटर जडान गर्ने अवधि किटान गरी विभाग र मन्त्रालयले तोकेको अधिकारी समक्ष कार्ययोजना पेस गर्नु पर्नेछ।

(४) उपनियम (१) बमोजिम जडान भएको मिटर बिग्रिएमा, मासिएमा, हराएमा वा अरु कुनै कारणबाट काम नलाग्ने भई उपयोग गरेको पानीको परिमाण मापन गर्न नसक्ने भएमा उपभोक्ताले सो विषयको सूचना यथाशक्य छिटो सेवाप्रदायकलाई दिनु पर्नेछ।

(५) उपनियम (४) बमोजिम सूचना प्राप्त भएमा सेवाप्रदायकले यथाशक्य छिटो सम्बन्धित उपभोक्तासँग सोको लागि आवश्यक खर्च लिई माग बमोजिम धारामा /नयाँ मिटर जडान वा मर्मत गरिदिनु पर्नेछ ।